कांग्रेसले थाल्यो प्रदेश स्तरीय अन्तर्क्रिया

नेपालखोज २०७८ जेठ २ गते १०:१४

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया सुरु गरेको छ । आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशसँग अन्तरक्रिया गरि कार्यक्रमको शुभारम्भ गरिँदै छ। आजै दिउँसो ४ बजेदेखि लुम्बिनी प्रदेशसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

पार्टीको कोभिड-१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशमा जुम प्रविधिमार्फत अन्तरक्रिया गर्न लागिएको हो । भोली बिहान १० बजेदेखि गण्डकी प्रदेश र दिउँसो ४ बजेदेखि वाग्मती प्रदेशका जिल्लाको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

त्यस्तै पर्सी जेठ ४ गते बिहान १० बजेदेखि प्रदेश नं. २ र दिउँसो ४ बजेदेखि प्रदेश नं. १ का जिल्लाका नेताहरुसँग कांग्रेसले अन्तर्क्रिरया गर्ने छ ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, पालिकाका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहने छ ।

प्रतिक्रिया