३ लाख ११ हजार संक्रमित थपिए, ४ हजार ७७ जनाको मृत्यु
नेपालखोज
२०७८ जेठ २ गते ११:३२

नयाँदिल्ली । भारत अहिले पनि कोरोना महामारीको दोस्रो लहरबाट गुज्रिरहेको छ । हरेक दिन तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिने गरेका छन् । मृत्यु हुनेको संख्या पनि दैनिक चार हजारनजिक रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पछिल्लो आँकडाअनुसार कोरोना संक्रमणको दर केही घटेको अनुमान गरिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयको नयाँ विवरणअनुसार पछिल्लो चौबीस घण्टामा ३ लाख ११ हजार १७० नयाँ संक्रमित फेला परेका छन् ।
यही अवधिमा चार हजार ७७ जनाको मृत्यु भएको छ । जहाँ थपिने संक्रमितभन्दा कोरोनामुक्त हुनेको संख्या बढी छ । गत चौबीस घण्टामा मात्र तीन लाख ६२ हजार ४३७ जना संक्रमित निको भएका छन् । भारतमा संक्रिय संक्रमितको संख्या ५५ लाख ३४४ छ ।
सम्बन्धित
प्रतिक्रिया