वरिष्ठ चिकित्सक आईएल आचार्यको निधन
नेपालखोज
२०७८ जेठ २ गते १४:३६

काठमाडौं । वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रा. डा. आईएल (ईश्वरलाल) आचार्यको निधन भएको छ । सानेपामा रहेको स्टार अस्पतालमा उपचारका क्रममा ८३ वर्षीय डा. आचार्यको आइतवार बिहान निधन भएको हो ।
कोभिड–१९ को सङ्क्रमण भएपछि गएको वैशाख १८ गते उनि अस्पताल भर्ना भएका थिए । बैशाख २९ गते उनको कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको थियो । तर हिजो बेलुका स्वास्थ्य अवस्था बिग्रिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उपचारमा जाँदा उनको फोक्सोमा ७५ प्रतिशत निमोनिया भइसकेको थियो । आचार्यलाई नेपालको ग्यास्ट्रोइन्टेरोजोली क्षेत्रका पिता भनेर चिनिन्छ ।
सम्बन्धित

प्रतिक्रिया