१३ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ जेठ २ गते १७:०९


काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १३ अर्ब ७४ करोड ५० लाख रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिती जेठ चार गते तोकिएको उक्त ट्रेजरी मध्येमा ९१ दिने अवधिको दुुई अर्ब, एक सय ८२ दिने अवधिको नौ अर्ब ८५ करोड ५० लाख र तीन सय ६४ दिने अवधिको एक अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।

सो मध्ये ९१ दिने ट्रेजरीकोे परिपक्व हुुने अवधि २०७८ भदौ एक गते, एक सय ८२ दिने टे«जरीको परिपक्व हुुने अवधि २०७८ कात्र्तिक ३० गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७९ साल जेठ तीन गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअघि यही बैशाख २७ गते पनि राष्ट्र बैंकले आठ अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया