शनिबार, वैशाख १३, २०८२

अर्थ मन्त्रालयद्वारा कोभिड-१९ को रोकथाम तथा उपचारका लागि ४ अर्ब ३१ करोड रुपैयाँको सहमति

नेपालखोज २०७८ जेठ २ गते १८:४०

काठमाडौं । अर्थ मन्त्रालयले कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका खरिदका लागि ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ छुट्याउने भएकाे छ ।

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको दिने निर्णय गरेकाे हाे ।

यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको जनाएकाे छ ।

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको प्रेस नाेट मार्फत जनाएकाे छ ।

प्रतिक्रिया