बुधबार, असार ११, २०८२

भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्टले गम्भीर रुप लिन सक्छ : बोरिस जोन्सन

नेपालखोज २०७८ जेठ २ गते २०:०४

बेलायत । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भारतमा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्टले गम्भीर रुप लिन सक्ने बताएका छन् ।

उनले भारतीय भेरियन्टको कारण बेलायतको लकडाउन खुकुलो बनाउने योजनामा अवरोध उत्पन्न हुन सक्ने बताए । भारतीय भेरियन्ट ५० प्रतिशत संक्रामक रहेको अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्न सक्ने उनको आशंका छ । आगामी दिनमा यो भेरियन्ट बेलायतमा फैलिने प्रमुख भेरियन्ट बन्न सक्ने पनि प्रधानमन्त्री जोन्सनले बताए ।

बेलायतमा आगामी जुनबाट सबै प्रतिबन्ध हटाउने तयारी गरिएको छ । यद्यपी बेलायतले गत अप्रिल २३ मा भारतलाई रेड ट्राभल सूचीमा राख्दै बेलायती नागरिकबाहेक अन्य मुलुकका मानिसहरु भारतबाट बेलायत जान नपाउने निर्णय गरेको छ ।

प्रतिक्रिया