मंगलबार, वैशाख ३०, २०८२

उत्तर कोरियाले एसियन कप र फिफा विश्वकप छनोटका बाँकी खेल नखेल्ने

नेपालखोज २०७८ जेठ २ गते २०:३५

काठमाडौं । उत्तर कोरीयाले एशियन कप छनौट र फिफा विश्वकप छनौटका बाँकी खेल नखेल्ने बताएको छ ।

विश्वकप छनौटको समुह ‘एच’ मा रहेको उत्तर कोरीयाले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको एसियन फुटबल फेडेरेसन (एएफसी) ले जनाएको छ । उत्तर कोरियाले बाँकी खेल नखेल्ने निर्णय गर्नुको कारण बारे भने एएफसीले अहिलेसम्म केहि बताएको छैन ।

कोभिडका कारण बारम्बार स्थगित भएको विश्वकप छनौट र एशियन कप छनौटका बाँकी खेल दक्षिण कोरीयामा गर्ने निर्णय एएफसीले गरेको थियो । लगत्तै उत्तर कोरीयाले ति खेल नखेल्ने घोषणा गरेको हो ।

प्रतिक्रिया