मदन-आश्रित स्मृति दिवसमा प्रधानमन्त्रीकाे अठोट- कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्छौं

नेपालखोज २०७८ जेठ ३ गते ८:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने अठोट व्यक्त गरेका छन् ।
सोमबार मदन-आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले आफूहरु कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको बताएका हुुन् ।

प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको रक्षा गर्दै अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल राष्ट्र तथा नेपाली जनताको लागि भण्डारीले पु¥याएको योगदानहरु दूरगामी महत्वको र अतुलनीय रहेको प्रधानमन्त्तीको भनाइ छ ।

३ जेठ २०५० मा चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा मारिएका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा एमालेले हरेक जेठ ३ गते यो दिवस मनाउदै आएको छ ।

प्रतिक्रिया