भारतमा कोरोना महामारी अनियन्त्रित किन ? यस्तो भन्छन् विज्ञ

नेपालखोज २०७८ जेठ ३ गते १३:२७

काठमाडौं । लखनउका एक ६५ वर्षका व्यक्तिले समाजिक सञ्जालमा आफ्ना अवस्थाबारे लेख्दै सहयोग मागे । उनले भने, ‘मैले कोभिड १९ को लक्षण महसुस गरिरहेको छु र रिपोर्टको प्रतीक्षामा छु ।’ यसबीचमा उनको अक्सिजनको मात्रा घटिरहेको थियो । उनलाई कुनै अस्पतालमा भर्ना हुनु जरुरी थियो । उनले ट्विटरमा जानकारी दिए ‘मेरो शरीरमा अक्सिजनको मात्रा ५२ छ, सामान्य अवस्थामा ९५ हुनुपर्ने हो ।

उनले लेखेका थिए, ‘अस्पताल र डाक्टरले मेरो फोन उठाएका छैनन् ।’ अर्को ट्वlट गर्दै उनले अपिल गरे ‘मेरो शरLरमा अक्सिजनको मात्रा घट्दै ३१ मा झरिसक्यो, मलाई सहयोग गर्ने कोही छ ? त्यसपछि उनको ट्विटर अकाउन्टबाट अर्को ट्विट आएन । यी धेरै ट्विट लेख्ने मानिस थिए, वरिष्ठ पत्रकार विनय श्रीवास्तव । उनको परिवारका एक सदस्यले बताएअनुसार अस्पताल भर्ना गरेर अक्सिजन दिन थालेपछि उनको श्वास सधैँका लागि बन्द भयो।

महामारीका बेला सामाजिक सञ्जालमा सहयोग माग्नेका सन्देश धेरै देखिन्छन् । भारतका धेरै अस्पतालको हालत खराब अबस्थामा छ । जहाँ अत्यावश्यक साग्रगीसमेतको अभाव छ । लाइनहरु र शवदाहस्थलहरु पनि भरिएका छन् । गत हप्ता भारतले कोरोना संक्रमित दैनिक थपिने संख्यामा नयाँ रेकर्ड गराएको थियो। जहाँ २ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रश्न यो छ कि भारतमा कोरोना संक्रमणको दोस्रो लहर किन अनियन्त्रित भयो? गल्ति कहाँ भयो ? यस हप्ता विश्वले यही प्रश्नको अन्वेषण गर्नेछ । बीबीसी हिन्दीकाअनुसार यसप्रश्नबारे चार विशेषज्ञको भनाई पढाैँ ।

पार्ट १

अमेरिकाको शिशिगन युनिभर्सिटिका महामारी रोग विशेषज्ञ भ्रमर मुुखर्जी भन्छन्– मलाई सम्झना छ १४ फेब्रुुअरी, म भारतका एक जना साथीको तस्बिर हेरिरहेको थियो । उसले पाटी परिरहेको थियो, जहाँ कसैले पनि मास्क लगाएका थिएनन् । त्यतिबेला म अघिल्लो अवस्थाबारे सोचेर चिन्तित भएकाे थिए ।

जब २०२० मा कोरोना भाइरसको संक्रमण सुरु भयो । त्यतिबेला कोरोना भाइरसको नयाँ भेरियन्ट आउनसक्नेबारे धेरैले सोचेका थिएनन् । अहिले भारत दोस्रो भेरियन्टबाट आक्रान्त बनिरहेको छ । यदि त्यतिबेलादेखि नै सबैले सचेतना अपनाएर त्यसअनुसारकाे पूर्व तयारी गरेको भए हामी कसैले पनि अहिलेको अवस्था देख्न-भोग्न पर्दैन्थ्यो ।

उनी मुलतः भारतीय नै हुन् ।

पार्ट २

कोलकतामा बर्षौदेखि अभ्यासरत डाक्टर शाश्वती सिन्हा अहिलेको अवस्था दिक्क लाग्दो भएकाे बताउँछिन् । अहिले देशभरका सबै अस्पतालका आइसीयु र वेडहरु भरिएका छन् । कोभिड १९ बाट एउटै घरका धेरै पुस्ता संक्रमित भएका छन् । उनीहरुलाई उपचार गराउन सकिन्छ कि सकिदैँन भन्ने गम्भिर अवस्थामा हामी आइपुगेका छौँ।

हामी कोरोना भाइरसको पहिलो चरण चलिरहेका बेला भावनात्मक, शारीरिक वा मानसिकरुपमा धेरै चुक्यौ । त्यसको प्रभाव अहिले नराम्राेसँग परेकाे छ । गत केहि हप्ताहरुको अवस्था हेर्ने हो भने हामी एकदमै डरलाग्दो अवस्थाबाट गुज्रिरहेका छौँ ।

पार्ट ३

वासिन्टनस्थित सेन्टर फर ग्लोबल डेभलवमेन्टका सिनियर फेलो प्रोफेसर प्रशान्त यादव भन्छन् ‘हामीलाई कोभिड भ्याक्सिनबाट धेरै आशा थियो । उनी भन्छन् “भारतमा दुई लाभदायी कुराहरु छन् ‘पहिलो भारतले ठुलो मात्रामा खोप उत्पादनको क्षमता राख्दछ, अर्को एकैपटक ठुलो खोप अभियान सञ्चालन गर्ने अनुभव छ ।

तर अप्रिलको अन्त्यसम्म १० प्रतिशत जनसंख्याले मात्र पहिलो चरणको खोप पायो र २ प्रतिशतले मात्र दुबै डोज खोप लगाए । अहिले पनि खोप अभियान जारी छ तर एक अर्ब वढिलाई खोप दिने कार्यक्रम निकै चुनौतिपुर्ण छ ।

पार्ट ४

बीबीसी संवाददाता सौतिक विश्वास भन्छन् ‘भारत स्वतन्त्र भएदेखिकै यो सबैभन्दा ठुलो स्वास्थ्य संकट हुनसक्छ ।’ सरकारले स्वास्थ्य क्षेत्रमा भएका सकरात्मक पक्षलाई हेर्न भनिरहेको छ तर अवस्था त्यस्तो छैन ।

उनले उदाहरण दिदै भनेका छन् “भारतका कुनै पनि अस्पतालको गेटमा तपाई पुग्नुहोस् तपाई महशुुस गर्न सक्नुहुन्छ त्यहाँ कुनै तन्त्र छैन । मैले पनि कसैलाई अस्पतालमा भर्ना गर्ने कोशिस गरे तर उसको अवस्था अस्पतालमा गइसकेपछि झन् बिग्रदै गयो । त्यहाँ पर्याप्त डाक्टरसमेत थिएनन् ।

प्रतिक्रिया