शनिबार, जेठ ५, २०८१

मिस युनिभर्स २०२० को ताज मेक्सिकन सुन्दरी आन्द्रिया मेजालाई (साथमा भिडियो/फोटो फिचर)

नेपालखोज २०७८ जेठ ३ गते १३:१४

काठमाडौं । विश्वका ७४ मुलुकका सुन्दरीबीचको अभूतपूर्व प्रतिस्पर्धाबीच ६९औं संस्करणको मिस युनिभर्स प्रतियोगिता सम्पन्न भएको छ । जसमा मेक्सिकन सुन्दरी आन्द्रिया मेजाले मिस युनिभर्स २०२० को ताज पहिरिन सफल भएकी छन् ।

मे १६ तारिखमा अमेरिकाको फ्लोरिडास्थित हलिउडमा रहेको सेमिनल हार्ड रक एन्ड क्यासिनोमा सञ्‍चालन भएको मिस युनिभर्स २०२० को ग्रान्ड फिनालेमा ब्राजिलकी जुलिया गामा फस्ट रनर अप, पेरुकी जानिक मकिता सेकेन्ड रनर अप, भारतकी एड्लिन कास्टेलिनो थर्ड रनर अप तथा डोमिनिकन रिपब्लिककी किम्बर्ली जिमेनिज फोर्थ रनर अपका रुपमा चयन भएका थिए ।

मिस युनिभर्स २०२० की ताज विजेता २६ वर्षीया आन्द्रिया मेजा सफ्टवेयर इन्जिनियर हुन् । यसअघि मिस मेक्सिको २०१७ की विजेता रहिसकेकी आन्द्रियाले मिस वर्ल्ड २०१७ फस्ट रनरअपसम्मको यात्रा तय गरेकी थिइन् भने उनले २०२० मा मेक्सिकाना युनिभर्सल २०२० ताज पहिरिएकी थिइन् । पाँच फिट ११ इन्च अग्लो शरीरकी आन्द्रिया मोडल र सर्टिफाइड मेकअप आर्टिस्टसमेत हुन् ।

मिस युनिभर्सकाे नेसनल कस्ट्युमको टप फाइभमा नेपाल, कुन देशको कस्ट्युम कस्तो (फोटो फिचर)

उनी मिस युनिभर्सको ताज पहिरिने तेस्रो मेक्सिन सुन्दरी बनेकी छन् । यसअघि २०१० र १९९१ मा मेक्सिन सुन्दरीले मिस युनिभर्सको ताज पहिरिएका थिए । मिस युनिभर्स प्रतियोगिताको विभिन्न प्रिलिमिनरी राउन्डमा भएको सहभागिहरुको प्रस्तुतिको मुल्यांकनको आधारमा फाइनल प्रतिस्पर्धाको साँझ प्रतियोगिताको ओपनिङ प्रस्तुतिपछि उत्कृष्ट २१ जनाको घोषणा गरिएको थियो ।

त्यसपछि टप ट्‌वान्टी वान प्रतिस्पर्धी स्विम सुट राउन्डमा प्रस्तुत भए । त्यसपछि टप टेन सेमिफाइनलिस्ट चयन भए । टप टेन भित्र अस्ट्रेलिया, कोस्टारिका, जमैका, पिअर्टो रिको, भारत, पेरु, ब्राजिल, डोमेनिकन रिपब्लिक, थाइल्यान्ड र मेक्सिकोका सुन्दरीहरु पुग्न सफल भएका थिए ।

टप टेन सुन्दरीहरुको सोलो इभिनिङ गाउन पर्फमेन्सपछाडि टप फाइभ छनोट भए । टप फाइभ सुन्दरीहरुले पहिलो चरणमा निर्णायकहरुका प्रश्नको सामना गरे भने दोस्रो चरणमा दिइएको विषयवस्तुमा आफ्नो धारणा प्रस्तुत गरेर मिस युनिभर्स उपाधिका लागि आफ्नो दाबेदारी दिएका थिए । दुवै चरणको अभिव्यक्तिका लागि ३० सेकेन्डको समय तोकिएको थियो ।

भिडियो हेर्नुस् :

प्रतिक्रिया