मंगलबार, वैशाख २५, २०८१

नबिल बैंकको वेबसाइट मार्फत नबिल आई कार्डको लागि निवेदन दिन सकिने

नेपालखोज २०७८ जेठ ३ गते १४:१३


काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल आई कार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

यो नयाँ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकहरुले आफै बैंकको वेबसाइटमा नबिल आई कार्ड सेक्सनमा सेक्सनमा गई अप्लाई नाम विकल्प छानि नबिल आई कार्ड लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्ने छन् ।

यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैस“ग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा कन्ट्याक नं ९०१-५९७००१५० मा सम्पर्क गर्न सक्ने छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुबिधा ल्याएको हो ।

प्रतिक्रिया