बुधबार, जेठ १, २०८२

अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना

नेपालखोज २०७८ जेठ ३ गते १४:२१


काठमाडौं । कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ । कमलपोखरीमा रहेको अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिनेगरी क्वारेन्टीन/माइल्ड आइसोलेसन सेन्टरको स्थापना गरिएको हो ।

अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एशोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेशनल नेपालले संयुक्त रुपमा सञ्चालन गरेको आइसाेलेसन सेन्टरको सोमबार नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले उद्घाटन गरेका हुन् ।

आइसाेलेसन उद्घाटन गर्दै राजदुत क्वात्राले कोभिड १९ को महामारी दक्षिण एसियामा तिव्र रुपमा फैलिएको भन्दै महामारीका विरुद्ध लड्न व्यक्ति, परिवार, समाज र सरकारको संयुक्त प्रयास आवश्यक पर्ने बताए।

उनले कोभिड-१९ विरुद्धको लडाईमा भारत सरकारले आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले भने,‘भारतले महामारीका विरुद्ध लड्न नेपाललाई अग्रसर रुपले सहयोग गरिरहेको छ ।

भारतबाट २३ लाख डोज कोभिडशिल्ड खोप नेपाल आइसकेको छ । ८/१० दिनमा लिक्विड अक्सिजनको ट्यांकर भारतबाट नेपाल आउने छ । अस्पतालमा अक्सिजनको कमी नहोस् भन्ने छ ।’

आइसाेलेसन सेन्टर उद्घाटनमा बोल्दै उद्योगी राजेन्द्र खेतानले आइसाेलेसन सेन्टर मार्फत् फ्रन्टलाइनर डाक्टर, नर्स लगाएतलाई बचाउन सके अन्य सयौँ परिवारको रक्षा गर्न सकिने बताए ।

आइसाेलेसन केन्द्रमा एउटा हलमा ९० जनासम्म मानिस राख्न सक्ने गरि व्यवस्थित गरिएको छ । प्रति कोठामा दुई जना बस्ने गरी १८ वटा कोठा बनाईएको छ ।

प्रतिक्रिया