मंगलबार, वैशाख १६, २०८२

चीनबाट ९७५ थान अक्सिजन सिलिन्डर ल्याइयो !

नेपालखोज २०७८ जेठ ३ गते १९:०७

काठमाडौं । नेपाल वायुसेवा निमगको वाइडबडी जहाले आइतबार र र सोमबार गरी थप ९७५ थान अक्सिजन सिलिन्डर चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याएको छ ।

यससँगै अब चीनबाट कुल एक हजार ३७५ वटा सिलिन्डर नेपाल आएका छन् । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार यो तीन उडानबाट नेपाल ल्याइएको हो ।

यस्तै, १७५ थान अक्सिजन कन्सन्ट्रेटरसमेत नेपाल आएको छ । नेपाल वायुसेवा निगमको जहाजले आज र भोलि पनि बेइजिङ उडान गर्दै छ । ती दुई उडानबाट समेत थप सिलिन्डर नेपाल ल्याइने उनले जानकारी दिए ।

उनले अब सिलिन्डरभन्दा अक्सिजन जेनेरेटरको आवश्यकता रहेको उल्लेख गर्दै निगमको जहाजले जेनेरेटरसमेत बोक्न सक्ने जानकारी गराएका छन् ।

नेपाल एयरलाइन्सको जहाजले चीन सरकारले अनुदानमा दिएका सिलिन्डरहरु नेपाल ल्याएको हो । यसअघि निगमको जहाजले ओमानको राजधानी मस्कटबाट समेत ५६० थान अक्सिजन सिलिन्डर नेपाल ल्याएको थियो ।

प्रतिक्रिया