‘चीनबाट अक्सिजन सिलिन्डर सरकारले ल्याएको भन्नु निचता !’

नेपालखोज २०७८ जेठ ३ गते १९:३७

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता सुरेन्द्र पाण्डेले व्यवसायीले चीनबाट खरिद गरेर ल्याएको अक्सिजन सिलिन्डरलाई सरकारले अनुदानमा ल्याएको भनेर प्रचार गर्नु निचताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सन्जाल ट्‌विटरमार्फत सरकारको निन्दा गरेका हुन् ।

सरकारले चीनबाट स्थलमार्ग हुँदै १८ हजार अक्सिजन सिलिन्डर नेपाल आउन लागेको कुरा सार्वजनिक गरेको थियो । यद्यपि व्यापारीहरुले सरकारको भनाइको खण्डन गरेका थिए । निजी क्षेत्रले खरिद गरेर ल्याएको अक्सिजन सिलिन्डरलाई सरकारले आफ्नो प्रयासमा आउन लागेको चिनियाँ सरकारको अनुदानका रुपमा प्रचार-प्रसार गरेको थियो ।

नेता पाण्डेले लेखेका छन्, ‘व्यापारीले ल्याएको अक्सिजन सिलिन्डर पनि सरकारले अनुदानमा ल्याएको भनेर प्रचार गर्नु निचताको पराकाष्ठा हो ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग गर्दै निजी क्षेत्रले ल्याएको अक्सिजन सिलिन्डरको उद्घघाटनचाहिँ नगर्न सुझावसमेत दिएका छन् । ‘कृपया यी सिलिन्डरहरुको उद्घघाटनचाहिँ नगरिदिनु होला,’ पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया