सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कोरोना सङ्क्रमण
नेपालखोज
२०७८ जेठ ३ गते २०:००

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनमा संक्रमण देखिएको हो ।
मुख्यमन्त्री भट्टको निजी सचिवालयका अनुसार उनी चिकित्सकको निगरानीमा होम आइसोलेसन छन् ।
सम्बन्धित
प्रतिक्रिया