आइतबार, जेठ ६, २०८१

मेची अस्पतालको स्तरोन्नतिका लागि ९ करोड

नेपालखोज २०७८ जेठ ४ गते ९:०३

झापा । मेची प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि सरकारले नौ करोड रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको छ ।

सङ्घीय अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको हो ।

बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो । मेची अस्पतालका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमार्फत सो बजेट निकासा हुने मेची प्रादेशिक अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए ।

अहिले अस्पतालमा कोरोना सङ्क्रमितको चाप बढेसँगै भेन्टिलेटर र अक्सिजनको समेत अभाव छ ।

बजेट भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माण गर्नका लागि खर्च गरिने जनाइएको छ ।

प्रतिक्रिया