आइतबार, जेठ ६, २०८१

कोरोनाले अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृतको मृत्यु

नेपालखोज २०७८ जेठ ४ गते ९:०९

झापा । जिल्लाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ ।

५० बर्षीय उनको कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा सोमबार मृत्यु भएका झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।

उपसचिवस्तरका कर्मचारी खाम्याहाङलाई गत वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

त्यसपछि केही दिन आफ्नै क्वार्टरमा र त्यसपछि दुई दिन नगरपालिकाले स्थापना गरेको आइसोलेशनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।

नगरपालिकाका लागि भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स लिन काठमाडौँ पुगेर फर्किएपछि उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया