शनिबार, जेठ ५, २०८१

मिस युनिभर्समा अंशिका शर्माको चर्चा कमाएको उपस्थिति (फाेटाे फिचर)

नेपालखोज २०७८ जेठ ४ गते १२:०७


काठमाडौं । ६९औं संस्करणको मिस युनिभर्स प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएकी मिस युनिभर्स नेपाल २०२० अंशिका शर्मालाई ग्राण्ड फिनालेमा कुनै महत्वपूर्ण उपलब्धी हासिल हुन सकेन ।

तर मिस युनिभर्स २०२० मा उनको उपस्थिति मात्र सहभागितामा सीमित रह्यो भन्नु भने सही हुँदैन । प्रतियोगिताको अवधिभर उनको प्रस्तुति र पर्फमेन्सले ग्लोबल प्याजेन्ट समीक्षक र मिडियाको ध्यान आकृष्ट गर्न सफल रह्यो ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता सम्बन्धी विभिन्न ग्लोबल प्याजेन्ट समीक्षक तथा फ्यानहरुको मुल्यांकनमा अंशिका शर्मा प्रायः सबैको छनौटमा रहन पुगेको देख्न पाइयो ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता सम्बन्धीत गतिविधिको समाचर सम्प्रेषण गर्ने, विभिन्न कोणबाट समिक्षा गर्ने प्लेटफर्मका रुपमा चर्चित मिसोसोलजीको फाइनल हट पिकमा नेपाली अंशिका १३ औं स्थानमा थिइन् ।

यसैगरी प्रिलिमिनरी प्रतिस्पर्धाको प्रस्तुतिको आधारमा यही प्लेटफर्मको टप फिफटीन ड्याजलिङ इभिनिङ गाउन शीर्षकमा तयार गरिएको सूचीमा अंशिका १२औं स्थानमा थिइन् ।

यसैगरी एन्जेलोपिडियाले मुल्यांकन गरे अनुसारको मिस युनिभर्स टप टेन फाइनल हट पिक्स्को सूचीमा पनि अंशिका शर्मालाई समावेश गरिएको थियो ।

स्यासफ्याक्टरले प्रस्तुत गरेको मिस युनिभर्स फाइनल लिडरबोर्ड, इन्टरनेसनल पोलले प्रकाशित गरेको मिस युनिभर्स फाइनल हटपिक्स, ग्लोबल ब्युटीले प्रस्तुत गरेको जीबी सुपर इलेभेन द फाइनल मिस युनिभर्सको सूची लगायतको मिस युनिभर्स प्रतियोगिताको फाइनल प्रतिस्पर्धा अगाडिको पूर्वानुमानहरुमा अंशिका शर्मालाई प्रबल संभावना भएकी प्रतिस्पर्धीका रुपमा समावेश गरिएको थियो ।

मिस युनिभर्स प्रिडिक्सन्स् नामक प्याजेन्ट हबले गरेको टप ट्वेन्टी वन् फाइनल प्रिडिक्सनमा पनि अंशिका परेकी थिइन् भने प्रिलिमिनरी पर्फमेन्सको आधारमा यही प्लेटफर्मले प्रकाशन गरेको टप टेन प्रिलिमिनरी पर्फमेन्स अफ इभिनिङ गाउन् होस् या प्रिलिमिनरी स्वीमसूट कम्पीटिसनको आधारमा प्रकाशन गरिएको टप टेन इन् वेष्ट इन स्वीम सुट वा यही प्लेटफर्मको टप सिक्सटिन फेभरेट नेसनल कस्ट्युमको सूची, सबैमा नेपालकी अंशिकालाई मिस युनिभर्स २०२०को फाइनल राउन्ड सम्म पुग्ने बलियो दावेदारका रुपमा प्रस्तुत गरिएको थियो ।

मिस युनिभर्स प्रतियोगिता अवधिभर अंशिका शर्माले आफ्नो व्यक्तित्व, सुन्दरता, आत्मविश्वास, प्रस्तुति र पर्फमेन्सले सबैको ध्यान आफूतिर आकर्षित गर्न सक्षम भएकै कारण ग्लोबल प्याजेन्ट समीक्षक तथा फ्यानहरुको मुल्यांकनमा उनी अब्बल प्रतिस्पर्धी मध्येको एकका रुपमा दरिएकी हुन् ।

उनले देखाएको यो संभावना उनका लागि त उपलब्धीमूलक रह्यो नै आगामी दिनमा मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधि बन्ने जो सुकै पात्रलाई पनि बलियो आधार सृजना भएको मान्न सकिन्छ ।

मिस युनिभर्स प्रतियोगिताका सहभागि भएकी अंशिका चौथौं नेपाली चेली हुन् । यसअघि २०१७ नगमा श्रेष्ठ, २०१८ मा मनिता देवकोटा र २०१९ मा प्रदिप्ता अधिकारीले मिस युनिभर्स प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाएका थिए ।

जसमध्ये २०१८को मिस युनिभर्स प्रतियोगितामा नेपालकी मनिता देवकोटाले टप टेनसम्मको यात्रा तय गरेर ऐतिहासिक उपलब्धी हासिल गरेकी थिइन् ।

प्रतिक्रिया