घाँटी रेटेर दुई बालकको हत्या
नेपालखोज
२०७८ जेठ ४ गते १२:२१

बारा । बारामा दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ । कलैया उपमहानगरपालिका-७ स्थित सरंगापुरका दुईजना बालकको हत्या भएको प्रहरीले जनाएको छ ।
स्थानीय नौ वर्षीय उशमान अन्सारी र सात वर्षीय अमिन अन्सारीको हत्या भएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धिरज प्रताप सिंहले जानकारी दिए ।
उनका अनुसार स्थानीय मदरसामा हत्या गरिएको अवस्थामा दुवै जनाको शव फेला परेको छ । बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार सोमबार बेलुकी ७ बजे उनीहरू घरबाट खेल्न भन्दै निस्केका थिए ।
तर, अबेर रातिसम्म उनीहरूको खोजीगर्दा समेत नभेटिएपछि बालक बेपत्ता भएको बारे प्रहरीलाई खबर आएको थियो । अहिले डीएसपी मिश्रसहित प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
घटनामा संलग्न केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान एवं सोधपुछ भइरहेको जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया