शनिबार, जेठ ५, २०८१

प्रभु सेलेक्ट फन्डको बिक्री भोलि खुल्ने (भिडियोसहित)

नेपालखोज २०७८ जेठ ४ गते १३:३३

काठमाडौं । प्रभु क्यापिटलले सामूहिक लगानी कोषअन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फन्डकझ भोलि (जेठ ५ गते) देखि निष्कासन तथा बिक्री खुला हुने भएको छ ।

प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फन्डले प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा एक अर्बबराबरको १० करोड एकाइ जारी गर्न लागेको हो ।

यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड छ । यो योजना बन्दमुखी योजना हो ।

यस योजनाले एकाइ बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्नेछ अर्थात् यो एक इक्विटी ओरिएन्डेड योजना हो ।

निष्काशित कुल १० करोड इकाईमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कूल १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ ।

बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले जेष्ठ ५ गतेबाट आवेदन दिन सक्नेछन् । फन्डको एकाइमा इच्छुक लगानीकर्ताले छिटोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै एकाइका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ १५ गतेसम्म एकाइ बिक्री खुला रहने क्यापिटलले बताएको छ ।

नेपालको शेयरबजारमा धेरै सेक्टरका शेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन् । त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी ती मध्ये अधिकतम ३० वटा कम्पनीहरुको शेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु सेलेक्ट फन्ड राखिएको छ ।

यो योजना अन्तरगत संकलन भएको रकमबाट अधिकतम ३० वटा सेलेक्टेड कम्पनीहरुमा लगानी गरी त्यसैमध्येबाट नियमित खरिदबिक्री गरिनेछ ।

प्रभु सेलेक्ट फन्ड कस्तो योजना हो ?
विशेषतः यो एउटा सामुहिक लगानी योजना हो, जसले लगानीकर्ताहरुलाई युनिट बिक्री गरी संकलन गरेको रकमलाई भ्यालुभएका तथा ग्रोथ गर्ने सम्भावना रहेका कम्पनीहरुका साथै प्रतिफलका हिसाबले उच्च प्रतिफल सिर्जना गर्न सक्ने तथा वितरण गर्न सक्ने कम्पनीहरुको छनौट गरी लगानी गर्छ । यसरी तयार गरीएकोलगानी पोर्टफोलियोलाई बजारमा आउने सामान्य उतार चढावहरुले खासै असर नगर्ने किसिमले संरचना तयार गरिने भएको हुँदा योजनामा सहभागी लगानीकर्ताहरुले तुलनात्मक रुपमा आफ्नो लगानी सुरक्षित तथा उच्च प्रतिफलयुक्त रहेको पाउनुहुनेछ ।

फन्डको उद्देश्य
सर्वप्रथम त योजना अन्तरगत छरिएर रहेका स–साना बचतहरुलाई संकलन गरी लगानीमा रुपान्तरण गर्ने कार्य यो योजनाले गर्नेछ । त्यसपछि योजनाको इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक सामुहिक लगानी कोष नियमावलीले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरीआवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पु¥याउने ढंगबाट आफ्ना कार्यहरुलाई अगाडि बढाउने छ ।

यो योजनाले कस्ता कस्ता कम्पनीमा लगानी गर्छ ?

यो योजनाले नेपाल धितोपत्र वोर्डले जारी गरेको सामुहिक लगानी कोष नियमावलीले तोकेको निम्नानुसारका क्षेत्रहरुमा लगानी गर्नेछ ।
१. बोर्डमा दर्ता भएको धितोपत्र
२. सार्वजनिक निष्काशन भएको धितोपत्र
३. धितोपत्र बिनिमय बजारमा सूचीकृत संगठित संस्थाहरुको धितोपत्र
४. नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरु
५. बैंक तथा वित्तीय संस्थामा निक्षेप
६. मुद्रा बजार उपकरण
७. बोर्डले तोकिदिएको अन्य क्षेत्र आदि ।
तर, यसरी लगानी गर्दा फन्डले अधिकतममा ८० देखि १०० प्रतिशत सम्म धितोपत्र विनियम बजार अर्थात नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरु मध्ये अधिकतम ३० वटा कम्पनीहरुमा मात्रै लगानी गरी पोर्टफोलियो व्यवस्थापन गर्नेछ ।
फन्ड व्यवस्थापन गर्न टिम कस्तो छ ?

प्रभु क्यापिटल अन्तरगतको लगानी टिमभित्र नेपाली पूँजी बजारका साथै अन्तर्राष्ट्रिय पूँजी बजारमा काम गरी सकेका अनुभवी तथा यस क्षेत्रमा विज्ञता प्राप्त गरिसकेका विज्ञहरु सहितको व्यवसायिक टिम छ ।

यसमा एक जना सिए सिएफएए तथा एमबिए गरी भारतीय बजारमा करिब ७ वर्ष काम गरिसकका देखि अमेरीकामा एमबिए गरी त्यहाँको बजारमा करिब २ वर्ष काम गरीसकेका साथीहरु हुनुहुन्छ ।

यसका साथै १ जना सिए जो भारतीय पूँजी बजारका साथै नेपाली पूँजी बजारमा पनि करिब ५ वर्षयता संलग्न भइ कार्य गर्दै आउनुभएको छ । यो क्यापिटलको इन्भेष्टमेन्ट म्यानेजमेन्टको लागि कोर टिम हो ।

कम्पनीको छनोट गर्दा अबलम्बन हुने रणनीति कस्तो छ ?
फन्डले नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई कारोबारका लागि उपलब्ध कम्पनीहरु मध्येबाट लगानी गर्नुपूर्व आधारभूत तथा प्राविधिक विश्लेषण गरी कम्पनीहरु वर्गीकरण गर्छ र यसरी वर्गीकरण गरेका कम्पनीहरु मध्येमा कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था सवल भएको, संस्थागत सुशासन बलियो भएको तथा निश्चित समयअन्तरालमा बजार सूचकभन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्ने किसिमका शेयरहरु छनौट गरी त्यसलाई लगानी नीति अन्तरगत रहने ग्रेडिङ्गको पारामिटरमा राखी त्यसबाट पुनः छनौट गरिन्छ । यसरी छनौट गर्दा मुख्यतः भ्यालु र ग्रोथका आधारमा अब्बल देखिने कम्पनीहरुमध्येबाट पनि अधिकतम ३० वटा उत्कृष्ट कम्पनीहरु छनौट गरिनेछ ।

प्रभु सेलेक्टिभ फन्डमा नै किन लगानी गर्ने ?
बजारमा धेरै सामुहिक लगानी कोषहरुअहिले सञ्चालनमा छन् । ती सबै योजनाहरु आ–आफ्नै प्रकिृतिका छन् । तिनीहरुको उद्देश्य पनि भिन्नाभिन्नै छ । प्रभु सेलेक्टिभ फन्डको पनि प्रकृति अरु भन्दा भिन्न छ साथै यसको उद्देश्य र यसले कार्य गर्ने संरचना पनि अन्य फन्डहरुको भन्दा भिन्न छ । अन्तर्राष्ट्रिय पूँजी बजारमा हेर्ने हो भने ग्रोथ र भ्यालु बेष्ड लगानी रणनीतिलाई उत्कृष्ट रणनीति मानिन्छ । तसर्थ पनि लगानीकर्ताहरुले आफ्नो लगानी वृद्धि तथा उत्कृष्ट प्रतिफल प्राप्तिका लागि यस्तो रणनीतियुक्त म्युचुअल फन्डहरुलाई बढि महत्व दिएको पाइन्छ ।

प्रभु सेलेक्ट फन्डअन्तरगत कम्पनीहरुको छनोटको निम्ती योजना व्यवस्थापन टिम तथा सो अन्तरगत विश्लेषण तथा अनुसन्धान टिमको व्यवस्था रहेको हुँदा कम्पनीहरुको अनुमानित प्रतिफल तथा एक्जिट सयमको मूल्यांकन नियमित रुपमा अनुसन्धान तथा विश्लेषण गरि सोहि अनुरुप कार्यान्वयन गरिने तथा क्यापिटलले व्यवस्था गरेको लगानी नीति अनुरुप भए नभएको रेखदेख गर्न लगानी कमिटिको समेत व्यवस्था हुनुका साथै कोषको न्यूनतम मुल्य मान्यता तथा नीति अनुरुप खरिदबिक्री कार्य भए नभएको अनुगमन तथा निरीक्षण गर्न कोष सुपरभाइजहरुको व्यवस्था भएको हुँदा लगानीकर्ताहरु आफ्नो लगानी प्रति ढुक्क बन्ने साथै बजारमा सानोतिनो उतारचढाव हुँदासमेत फन्डको न्याभमा त्यस्तो ठूलो असर नपर्नेभएको हुँदा दिर्घकालिन रुपमा लगानी गर्ने लगानीकर्ताहरुको लागि लामो अवधी सम्म उच्च प्रतिफल प्रदान गर्ने स्रोत बन्न सक्छ ।
क्यापिटलका अनुसार प्रभु सेलेक्टिभ फन्डले औसतमा वार्षिक २० प्रतिशत प्रतिफल दिने लक्ष्य राखेको छ । प्रभु सेलेक्टि फन्डले व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था सवल भएको, संस्थागत सुशासन बलियो भएको तथा निश्चित समयअन्तरालमा बजार सूचकभन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्ने किसिमका शेयरहरु छनौट गरी लगानी गर्ने भएकाले यस्ता भ्यालु तथा ग्रोथ ओरिएन्टेड कम्पनीहरुले लामो समयसम्म समान रुपमा उच्च प्रतिफल प्रदान गर्ने भएको हुँदा यस्ता कम्पनीका शेयरहरुको बजारमा नियमित कारोबार हुने तथा खरिदबिक्री समेत सहज ढंगबाट गर्न सकिन्छ ।

विभिन्न उमेर, लिंग वा पेशाका लगानीकर्ताहरुको आफ्नो लगानी योग्य रकमको श्रोतहरु तथा प्रतिफल प्राप्तीको दर एवं लगानी गर्ने उद्देश्य भिन्न भिन्न हुन सक्छ । कुनै लगानीकर्ताले एउटा निश्चित उदेश्यले निश्चित समयका लागि केहि रकम बचत गर्ने र यसरी वचत गरेको रकमलाई भविष्यमा कुनै निश्चित कार्यको लागि प्रयोग गर्न चाहेको हुन सक्छ छोरा छोरीको उच्च शिक्षा, विवाह वातिनीहरुको उज्वल भविश्यसँग सम्बन्धित योजनाहरुको सफल कार्यान्वयन हुन सक्छ वा कसैको लागि भविष्यमा आफ्नो अवकाश पश्चात सुखद भविष्यका लागि अवकाश कोष बनाउने हुनसक्छ वा कसैलाई आफ्नो भविष्यको लागि आवश्यक पर्ने जग्गा वा सुन वा गाडी जस्ता कुराहरुको खरिदका लागि फन्ड जम्मा गर्ने हुन सक्छ यस्ता यावत उद्देश्यको पूर्तिका लागि आजबाटै रकम जम्मा गर्दै सो उद्देश्य अनुसार कार्यान्वयनका लागि आवश्यक रकम जुटाउने एउटा मुख्य श्रोत यस्ता नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने सामुहिक लगानी योजना हुनसक्दछन । त्यसमध्ये कै एक विशिष्ट सामूहिक लगानी योजना हो प्रभु सेलेक्ट फन्ड । तसर्थ यसमा विभिन्न उमेर, वर्ग वा लिंगका लगानीकर्ताहरु जसले समृद्ध भविष्यको सपना देख्नु भएको छ उहाँहरुले प्रभु सेलेक्ट फन्डमा लगानी गर्न सक्नुहुन्छ ।

कृष्ण गिरी, प्रमुख सञ्चालन अधिकृत, प्रभु क्यापिटल (भिडियो)

प्रतिक्रिया