प्रधानमन्त्री ओलीविरुद्धकाे रिटको सुनुवाइ जारी

नेपालखोज २०७८ जेठ ४ गते १३:५९

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध परेका चारवटा रिटको सुनुवाइ भइरहेकाे छ ।

प्रधानन्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा को एकल इजलाशमा शपथविरुद्ध परेका ४ वटै मुद्दाको सुनुवाइ चलिरहेको हो ।

अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवाली, लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवाल समेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएका छन् ।

कानूनमै नभएको व्यहोरा शपथमा पढकोले शपथ बदर गर्न माग गरिएको छ । त्यस्तै ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली प्रधानमन्त्रीले पढ्नुपर्दैन भन्दै लिएको शपथले राष्ट्रपति संस्थाप्रति मानमर्दन भएको रिटमा भनिएको छ ।

प्रतिक्रिया