भारतमा पछिल्लो चाैबीस घण्टामा ४,३२९ संक्रमितको मृत्यु
नेपालखोज
२०७८ जेठ ४ गते १४:२१

काठमाडाैं । भारतमा पछिल्लो चाैबीस घण्टामा हालसम्मकै ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो चाैबीस घण्टामा ४ हजार ३ सय २९ जनाको मृत्यु भएको हो ।
यसअघि भारतमा दैनिकरुपमा सबैभन्दा बढी मृत्यु हुनेको संख्या ४ हजार १ सयसम्म थियो । भारतमा कुल मृतकको संख्या २ लाख ७८ हजार ७ सय १९ पुगेको छ ।
भारतमा हालसम्म २ करोड ५२ लाख २८ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ करोड १५ लाख ९६ हजार संक्रमित निको भएका छन् ।
भारतमा हालसम्म ३१ करोड ८२ लाख ९२ हजार जनाको कोरोना परीक्षण गरिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ १८ करोड ४४ लाख ५३ हजार जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।
सम्बन्धित
प्रतिक्रिया