जसपाको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी संघीय संसद सचिवालयलाई (पत्रसहित)

नेपालखोज २०७८ जेठ ४ गते १६:१७

काठमाडौं । जनता समाजवादी पार्टीले पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई निर्वाचित गरेको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ । दलको कार्यालयले मंगलबार सचिवालयमा पत्र पठाएर त्यस्तो जानकारी गराएको हो ।

पत्र संसद् सचिवालयमा १३७९ नम्बरमा आज दर्ता भएको छ । सचिवालय स्रोतका अनुसार संसदीय दलको विधान र दलको बैठकको माइन्युट पनि सम्लग्‍न छ। ३० बैशाखमा बसेको दलको बैठकले महतोलाई दलको नेतामा निर्वाचित गरेको पत्रमा उल्लेख छ ।

यसअघि पार्टीका अध्यक्ष महन्थ ठाकुर समूहका सांसदहरू भक्तपुरको डोलेश्‍वर रिसोर्टमा भेला भएका थिए । ठाकुर समूहले पार्टीका ३२ मध्य १८ सांसद आफ्‍नो पक्षमा रहेको दाबी ठाकुर समूहले गर्दै आएको छ ।

प्रतिक्रिया