काठमाडौं उपत्यकामा थपिए २ हजार ६३५ कोरोना संक्रमित
नेपालखोज
२०७८ जेठ ४ गते १७:५६

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ६३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा २०४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ गरि जम्म २ हजार ६३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअघि सोमबार काठमाडौं उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया