बुधबार, असार ११, २०८२

मिस्रले गाजामा पुनर्निर्माणका लागि ५० करोड डलर सहयोग गर्ने

नेपालखोज २०७८ जेठ ४ गते २०:२८
स्रोत : बीबीसी हिन्दी

इजराइल । मिस्रले गाजामा पुनःनिर्माणका लागि ५० करोड डलर सहयोग गर्ने घोषणा गरेको छ । इजराइलले गरेको हमालाका कारण गाजाका शहरमा ठुलो भौतिक क्षति भएको छ । मिस्रको राष्ट्रपति कार्यालयले पुनःनिर्माणमा सहयोगका लागि कम्पनीहरुलाई पनि लगाउने बताएको छ ।

मिस्रका राष्ट्रपति अब्दुल फन्तह अल सीसी तथा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच पेरिसमा भएको छलफल पछि उक्त सहायतको घोषणा गरिएको हो । पछिल्लो हप्तादेखि गाजामा भइरहेको इजराइली हमलाका कारण ठुलो जनधनको क्षति भएको छ ।

परोपकार संस्था मेडिन्सा सा फ्रन्तिएले पनि गाजामा मानविय संकट आएको बताएको छ । त्यहाँ घाइतेहरुलाई उपचारमा समस्या भइरहेको पनि बताइएको छ । यद्यपि इजराइले भने हमास तथा चरमपन्थीलाई लक्षित गरि आक्रमण गरिएको दावी गरेको छ ।

प्रतिक्रिया