टोकियो-२०२० ओलम्पिक तत्कालका लागि स्थगन गर्न आग्रह
नेपालखोज
२०७८ जेठ ४ गते २०:५६

जापान । जापानमा आयोजना हुन लागेको ओलम्पिक खेल रद्द गर्न जापानका चिकित्सकहरुको एक समूहले आग्रह गरेका छन् । कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै चिकित्सकहरुले टोकियो–२०२० ओलम्पिक तत्कालका लागि स्थगन गर्न माग गरेका हुन् ।
देशको स्वास्थ्य प्रणालीले हजारौं अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र सञ्चारकर्मीहरुलाई सुरक्षित राख्न नसक्ने भन्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । टोकियो अस्पताल पूर्ण रुपमा भरिएको र उनीहरुसँग अरु थप क्षमता नरहेको भन्दै उनीहरुले ओलम्पिक र पाराओलम्पिक रद्द गर्न भनेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया