शनिबार, जेठ ५, २०८१

प्रभु सेलेक्ट फन्डको बिक्री आजदेखि (भिडियोसहित)

नेपालखोज २०७८ जेठ ५ गते ६:३४

काठमाडौं । प्रभु क्यापिटलले सामूहिक लगानी कोषअन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फन्ड आज (जेठ ५ गते) देखि निष्कासन तथा बिक्री खुला हुने भएको छ ।

प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फन्डले प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा एक अर्बबराबरको १० करोड एकाइ जारी गर्न लागेको हो ।

यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड छ । यो योजना बन्दमुखी योजना हो ।

यस योजनाले एकाइ बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्नेछ अर्थात् यो एक इक्विटी ओरिएन्डेड योजना हो ।

निष्काशित कुल १० करोड एकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडले १ करोड ४० लाख एकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख एकाइ गरी कुल एक करोड ५० लाख एकाइ सुरक्षित गरिएको छ ।

बाँकी ८ करोड ५० लाख एकाइका लागि सर्वसाधरणले आजदेखि आवेदन दिन सक्नेछन् । फन्डको एकाइमा इच्छुक लगानीकर्ताले छिटोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै एकाइका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ १५ गतेसम्म एकाइ बिक्री खुला रहने प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले नेपालखोजलाई जानकारी दिए (हेर्नुहोस् भिडियो) ।

उनका अनुसार यो योजनाअन्तर्गत संकलन भएको रकमबाट अधिकतम ३० वटा सेलेक्टेड कम्पनीमा लगानी गरी त्यसैमध्येबाट नियमित खरिद-बिक्री गरिनेछ ।

प्रतिक्रिया