बर्दघाटमा बस दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु, ४९ घाइतेको उपचार गरिँदै
नेपालखोज
२०७८ जेठ ५ गते ९:१८

नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाटको खुसार्नी खोला नजिकै भएको बस दुर्घटनामा घाइते भएका ४९ जनाको उद्धार गरिएको छ ।
घाईतेमध्ये ४२ जनाको चिसापानी अस्पताल र ७ जनाको संजीवनी हेल्थ होममा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाकाअनुसार दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाण्डौबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस आज विहान ६ बजे दुर्घटनामा परेको थियो ।
सम्बन्धित

प्रतिक्रिया