२७ बर्षीया महिला आफ्नै घरको कोठामा मृत फेला
नेपालखोज
२०७८ जेठ ५ गते ९:२५

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । २७ वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् ।
मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन्।
प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् । “घटनाबारे अनुसन्धान गरिरहेका छाैँ, थप विवरण अनुसन्धानपछि आउँछ”, उनले भनेका छन् ।
सम्बन्धित

प्रतिक्रिया