काठमाडौंमा सिमसिमे पानी, देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना (भिडियोसहित)
नेपालखोज
२०७८ जेठ ५ गते १०:१५

काठमाडौं । अरब सागरमा विकसित भएको सामुद्रिक आँधी ’ताउ ते’को प्रभावले देशका धेरै भूभागमा बर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सुचना जारी गर्दै आगामी तीन दिनसम्मको मौसमबारे जानकारी गराएको हो ।
जसअनुुसार नेपालको बिशेष गरि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको हो । साथै केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरिएको छ ।
बागमती प्रदेशमा पर्ने काठमाडौं उपत्यकासहितका केहि स्थानमा आज सामान्य झरी परे पनि भोली चाहिँ भारी वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया