एमाले कार्यदलको दोस्रो बैठक साँझ ७ बजे बस्ने

नेपालखोज २०७८ जेठ ५ गते ११:०७

काठमाडाैं । नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलको बैठक आज पनि बस्ने भएकाे छ । बैठक साँझ ७ बजे बस्ने भएकाे छ ।

हिजोको बैठकले पार्टीमा भ्रम सिर्जना हुने र एक अर्कालाई लक्षित गरेर आलोचना हुने काम नगर्न पार्टीका नेता/कार्यकर्तालाई अनुरोध गरेको थियो । आजको बैठकले भोलि हुने राष्ट्रियसभाको उप-चुनाव र कार्यदलको कार्यक्षेत्रबारे कार्यविधि बनाउने छ ।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच विवाद बढ्दै गएर पार्टी फुटकै अवस्थामा पुग्न थालेपछि विवाद मिलाउन कार्यदल बनेको हो ।

माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएको छ । पार्टीभित्रको विवाद मिलाउन ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल र नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेको कार्यदल बनेको छ ।

प्रतिक्रिया