काठमाडौंमा सिमसिमे पानी (भिडियोसहित)
नेपालखोज
२०७८ जेठ ५ गते १२:५९

काठमाडौं । अरब सागरमा विकसित भएको सामुद्रिक आँधी ‘ताउ ते’को प्रभावले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू-भागमा सिमसिमे वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै आगामी तीन दिनसम्मको मौसमबारे जानकारी गराएको छ । जसअनुसार आज नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ । साथै केही नदीमा बाढी आउन सक्ने भएकाले सर्वसाधारणहरुमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा सिमसिमे वर्षा भइरहेकाले बिहानैदेखि शीतल छ । थप भिडियोमा हेरौं :

सम्बन्धित
प्रतिक्रिया