मंगलबार, वैशाख ३०, २०८२

सामाजिक अभियन्ता पाण्डेले गरे स्वास्थ्य सामग्री सहयोग

नेपालखोज २०७८ जेठ ५ गते १३:३२

काठमाडौं । युवा व्यवसायी एवं सामाजिक अभियन्ता मनीषराज पाण्डेले कोरोना महामारी बढिरहेका बेला मेलम्ची नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

नगरपालिकाका मेयर डम्बर अर्याल र उपमेयर भगवती नेपाललाई बुधबार कोरोनाबाट जोगिनका लागि आवश्यक पीपीईसेट, मास्क र स्यानिटाइजर हस्तान्तरण गरिएको हो ।

पाण्डेले आफ्नो व्यक्तिगत सहयोगमा ३५ हजार मास्क, सय लिटर स्यानिटाइजर र २५ थान पीपीई सेट उपलब्ध गराइएको बताए । नगरपालिकाका ११ वटै वडाका बासिन्दालाई नगरपाकिलाले सो स्वास्थ्य सामग्री वितरण गर्नेछ ।

प्रतिक्रिया