मंगलबार, वैशाख १६, २०८२

चीनले सहयाेग गरेकाे अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री आइपुग्याे

नेपालखोज २०७८ जेठ ५ गते १३:४१

काठमाडाैं । चीनको सिचुवान प्रान्तले नेपाललाई २०० थान अक्सिजन जेनेरेटर प्रदान गरेको छ ।

सिचुवान प्रान्तले उपलब्ध गराएको अक्सिजन सिलिन्डर र जेनेरटरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौँ आइपुगेको हाे ।

चिनियाँ दूतावासका अनुसार आज २०० थान अक्सिजन जेनेरटर काठमाडौँ आइपुगेको हो । चीनले यसअघि २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया