प्रधानमन्त्री ओलीबाटै भयो मौन अवधिको उल्लंघन

नेपालखोज २०७८ जेठ ५ गते १४:२६

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै राष्ट्रियसभा उपचुनावका लागि निर्वाचन आयोगले बनाएको आचारसंहिता उल्लंघन गरेका छन् ।

जेठ ६ गते अर्थात् भोलि (बिहीबार) हुने मतदानका लागि निर्वाचन आयोगले जेठ ३ गते मध्यरातिदेखि नै कुनै पनि प्रकारका प्रचारप्रसार र निर्देशन दिन नपाउने भन्दै मौनअवधि सुरु भएको जनाएको छ ।

‘उपचुनावमा आफ्नै पार्टीकाले भोट नदिने कल्पनासमेत छैन’

तर प्रधानमन्त्री ओलीले पार्टीभित्र निर्देशन दिने नाममा पार्टीको चुनाव चिह्न र उम्मेदवारलाई बुधबार भोट माग्दै अपिल पत्र सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीको अपिल पत्रलाई उनका सल्लाहकारहरूले नै सामाजिक सन्जालमा सेयर गरेका छन् । अपिलमार्फत प्रधानमन्त्रीले भोट माग्दा निर्वाचन आचारसंहिता र मौनअवधिको उल्लंघन भएको देखिएको छ ।
हेरौं ओलीले सार्वजनिक गरेको अपिल :

प्रतिक्रिया