राप्रपाले एमाले उम्‍मेदवार थापालाई मतदान गर्ने

नेपालखोज २०७८ जेठ ५ गते १५:२३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा उपनिर्वाचन (बागमती प्रदेश) मा नेकपा एमालेका उम्मेदवारलाई मतदान गर्ने भएको छ । राप्रपाले बुधबार एक विज्ञप्‍ति जारी गर्दै एमालेका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

‘राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमति प्रदेशबाट निर्वाचित हुने रिक्त सदस्य पदमा नेकपा (एमाले) का उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट अनुरोध सहितको पत्र प्राप्त भएको छ, केन्द्रीय सचिवालय प्रमुखद्वारा जारी विज्ञप्‍तिमा भनिएको छ, ‘यस सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एमालेका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको छ।’

उपनिर्वाचनमा एमालेका उम्मेदवार राम बहादुर थापाको पक्षमा मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभाका सदस्यहरू, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई जानकारी गराउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया