कोरोना नियन्त्रण तथा रोकथामका लागि जनगणतान्त्रिक मोर्चाले गरायो सरकारको ध्यानाकर्षण (विज्ञप्तिसहित)
नेपालखोज
२०७८ जेठ ५ गते १५:५९

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
मोर्चाका अध्यक्ष सीपी गजुरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै मुख्य तीन बुँदामार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जसमा अक्सिजन, आईसीयु र भेन्टिलेटरसहित अस्पतालमा संक्रमितको बिरामीहरुको निशुल्क उपचारको व्यवस्था गर्न, दोस्रो चरणको भ्याक्सिन निर्धारित समयमा लगाउने व्यवस्था गर्न र कुनै पनि नागरिकले भोकै बस्नुपर्ने अवस्थाको अविलम्ब अन्त्य गर्न माग गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति

सम्बन्धित

प्रतिक्रिया