मंगलबार, वैशाख ३०, २०८२

आन्तरिक मूल्यांकनबाट कक्षा ८ को नतिजा प्रकाशन गर्न काठमाडौं महानगरको निर्देशन

नेपालखोज २०७८ जेठ ५ गते १६:०४

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट पठाउन आफ्नो क्षेत्रभित्र रहेका विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरले बुधबार विज्ञप्ति निकाल्दै कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा लिनसक्ने अवस्था नरहेकाले आन्तरिक मुल्यांकन विधिबाट परीक्षा गर्न निर्देशन दिएको हो ।

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नरहेकाले पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधिमा २० प्रतिशत गरी परीक्षाको मुल्यांकन गर्न निर्देशन दिएको महनगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए । जारी सूचनामा जेठ २५ गतेभित्र महानगरपालिको शिक्षा शाखामा विद्यार्थीको विषयगत मूल्यांकन विवरण पठाउन भनिएको छ ।

प्रतिक्रिया