चौबीस घण्टामा थपिए ८ हजार १७३ जना कोरोना संक्रमित, ७ हजार ९८९ जना डिस्चार्ज
नेपालखोज
२०७८ जेठ ५ गते १६:३७

काठमाडौं । नेपालमा पछिल्ला २४ घण्टामा थप ८ हजार १७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा थप ७ हजार ९८९ जना डिस्चार्ज भएको जानकारी दिएका छन् ।
गत २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट १ सय ९ जना गरि कुल ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । आज काठमाडौं उपत्यकाभित्र काठमाडौंमा भक्तपुरमा २ सय २८, ललितपुरमा २ सय ७० र काठमाडौंमा १ हजार ९ सय ८८ गरि जम्मा २ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । हाल देशभर ८ सय ५४ जना क्वारेन्टिनमा रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया