संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपतिका नाममा कारण देखाऊ आदेश जारी
नेपालखोज
२०७८ जेठ ५ गते १७:१२

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपतिका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको बैशाख २१ गते जारी गरेको संवैधानिक परिषद्, काम कर्तव्य र कार्यविधिसम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेकी थिइन् ।
सरकारले कानुन मिचेर अध्यादेश जारी गरेको भन्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले अध्यादेश कार्यान्वयन नगराउन अन्तरिम आदेशको माग गरेर सर्वोच्चमा रिट दर्ता गराएका थिए।
सर्वोच्चका न्यायाधीश मीरा खतिवडाको एकल इजलासले अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिनु नपर्ने आधार र प्रमाणसहित भन्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत १५ दिनभित्र जवाफ पेस गर्न राष्ट्रपतिका नाममा कारण देखाऊ आदेश जारी गरेको हाे ।
सम्बन्धित

प्रतिक्रिया