नेपाल चेम्बर अफ कमर्सद्वारा सरकारी अस्पतालहरुलाई स्वास्थ सामाग्री हस्तान्तरण

नेपालखोज २०७८ जेठ ५ गते १८:५६

काठमाडौं । नेपाल चेम्वर अफ कमर्शको तर्फबाट चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेका छन् । अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामाग्रीहरु ग्रहण गर्दै चेम्वरबाट विगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गर्दे चेम्वरलाई धन्यबाद ज्ञापन गरेका थिए ।

साथै चेम्वरका अध्यक्ष मल्लले त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षलाई पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरे । त्रिवि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री ग्रहण गरेका थिए ।

त्यसैगरी चेम्वरका अध्यक्ष मल्लले राधास्वामी अक्सिजन थेरापी आइसोलेशन सेन्टर गौंगवुको लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा. क्याप्टेन मुक्तिनाथ शाखालाई हस्तान्तरण गरेका छन् । बुधबार हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिइ सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल रहेका छन् ।

अध्यक्ष मल्लले चेम्वरले केहीदिनमा सरकारी अस्पतालहरुलाई अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर उपलब्ध गराइने तयारी हुंदै गरेको बताए । उक्त अवसरमा चेम्वरका उपाध्यक्ष तथा नेपाल चेम्वर कोभिड व्यवस्थापन समितिका संयोजनक दीपककुमार मल्होत्रा, चेम्वरका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकालको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया