प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता विपरीत पार्टीको प्रचार गरेको भन्दै कांग्रेसको अपत्ति

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत पार्टीको उम्मेदवारको पक्षमा प्रचार गरेको भन्दै आपत्तिजनक भएको जनाएको छ ।
नेपाली कांग्रेसको संसदीय दलको बैठकले निर्वाचन आचारसंहिता विपरीत पार्टीका उम्मेदवार रामबहादुर थापाको पक्षमा प्रचारप्रसार गरेको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता विपरीत मत माग्नु संविधान, कानुन र विधिको शासनको बर्खिलापमा भएको कांग्रेसको संसदीय दल कार्यसमिति बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।
बिहीवार हुने मतदानका लागि निर्वाचन आयोगले जेठ ३ गते मध्यरातिदेखि नै कुनै पनि प्रकारका प्रचारप्रसार र निर्देशन दिन नपाउने भनेर मौन अवधि सुरु भएको जनाएको छ । तर प्रधानमन्त्री ओलीले पार्टीभित्र निर्देशन दिने नाममा पार्टीको चुनाव चिह्न र उम्मेदवारलाई भोट माग्दै अपिल पत्र सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया