भारतले ढिला गर्दा कोरोनाको दोस्रो खोप प्रभावित

नेपालखोज २०७८ जेठ ६ गते ७:५७

काठमाडौं । सरकारले भारतबाट थप खोप ल्याउन नसक्ने भएपछि पहिलो डोज लिइसकेका नागरिकहरु दोस्रो डोज लिनबाट बञ्चित भएका छन् ।

भारतको सेरम इन्स्टिच्युटले तत्कालै खोप निर्यात नगर्ने बताएपछि नेपाल सरकाले यो वर्ष खोप ल्याउने सम्भावना टरेको हो । नेपालले २० लाख डोज खोप खरिदका लागि सेरमलाई रकम बुझाए पनि १० लाख डोज खोप अझै आएको छैन ।

अब तत्काल खोप नआउने भएपछि गत फागुन २३ गतेबाट पहिलो डोज लगाएका ६५ वर्षमाथिका नागरिकले दोस्रो डोज लगाउने कार्यक्रम प्रभावित हुने सम्भावना बढेको छ ।

सेरमले सन् २०२१ को अन्त्यतिरबाट मात्रै अन्य देशमा खोप निर्यात गर्न सकिने बताएको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठी भने त्यसअघि नै खोप आउनेमा ढुक्क छन् ।

प्रतिक्रिया