कोरोना संक्रमणबाट पूर्वसांसद यादवको निधन

नेपालखोज २०७८ जेठ ६ गते १०:५६

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद योगनारायण यादवको निधन भएको छ ।

काठमाडौंमा रहेको मेडिसिटी अस्पतालमा यादवको उपचारका क्रममा आज बिहान निधन भएको हो । उनलाई १४ दिन अघि संक्रमण पुष्टि भएको थियो ।

५२ वर्षीय यादवका दुवै मिर्गौला खराब थिए । मिर्गौला प्रत्यारोपणको तयारीअनुसार उनी अस्पताल भर्ना भएका थिए ।

उनी २०५६ सालमा सांसद निर्वाचित भएका थिए ।

प्रतिक्रिया