बुधबार, असार ११, २०८२

अमेरिकापछि यूएईले पनि १२ देखि १५ वर्षकालाई खोप दिने

नेपालखोज २०७८ जेठ ६ गते ११:२६

काठमाडाैं । यूएईमा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप दिइने भएको छ । यूएईकाे हेल्थ एण्ड प्रिभेन्सन मन्त्रालयले फाइजर-बयोएनटेकको कोरोना विरुद्धको खोप १२ देखि १५ वर्षका बालबालिकालाई दिन अनुमति दिएको हो ।

यसअघि यो उमेर समूहका लागि खोप प्रभावकारी हुने/नहुनेबारे परीक्षण गरिएको थियो । परीक्षणमा शतप्रतिशत नतिजा आएपछि खोप दिन अनुमति दिएको यूएईले जनाएको छ । स्वास्थ्य अधिकारीले १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिन अभिभावकहरुसँग छलफल गरिरहेको छ ।  

अहिले अमेरिकाले पनि १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिइरहेको छ ।  कोरोना भाइरसको नयाँ भेरियन्टले बालबालिका उच्च जोखिममा परेपछि बालबालिकालाई पनि खोप दिन थालिएको हो ।

प्रतिक्रिया