मंगलबार, वैशाख १६, २०८२

कोरोनाको पहिलो खोप लगाएकालाई दोस्रो डोज गाउँमै

नेपालखोज २०७८ जेठ ६ गते ११:४५

काठमाडाैं । कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएर सहरबाट गाउँ पुगेकाले अब गाउँमै दोस्रो डोज लगाउन पाउने मन्त्रालयले जनाएकाे छ । विभिन्न कारणले काठमाडाैं उपत्यका बाहिर गएकालाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भेरोसेल दोस्रो मात्रा खोप लगाउनुपर्ने व्यक्तिले आफ्नो पालिकाका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वास्थ्य कार्यालयमा लगत टिपाउन सक्ने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयकाअनुसार लगत तयार भएपछि छिटै प्रदेशको समन्वयमा खोप लगाउने मिति र ठाउँ तोकिने छ ।

अहिले काठमाडाैं उपत्यकासँगै काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा गएको २ गतेदेखि दोस्रो मात्राको खोप सञ्चालन भइरहेको छ । तर काठमाडाैंमा भेरोसेलको पहिलो खोप लगाएका धेरैजना निषेधाज्ञा भएपछि गाउँ फर्किएका छन् । खोपकै लागि उनीहरु काठमाण्डौ आउन नसक्ने भएकाले गाउँमै व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया