मंगलबार, वैशाख १६, २०८२

रेम्डेसिभिर औषधि उत्पादन गर्न वीरगन्ज नेसनल हेल्थ केयरले पायो अनुमति

नेपालखोज २०७८ जेठ ६ गते १४:०९

काठमाडाैं । काेराेना भाइरस अर्थात (कोभिड–१९ ) सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । 

औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो । विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जमा रहेकाे नेशनल हेल्थ केयरलाई अनुमति दिइएको बताए ।  

औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ । यसअघि नेपालमा याे औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करिब पाँच हजार रुपैयाँ पर्छ ।

नेशनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेले अनुमति पाइसकेपछि चीनबाट कच्चा पदार्थ ल्याउने तयारी गरिएको बताए ।

प्रतिक्रिया