योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल
नेपालखोज
२०७८ जेठ ६ गते १७:२३

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुष्पराज कँडेल पुनः नियुक्त भएका छन् । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उपाध्यक्ष कँडेलसहित नियुक्त भएका सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पद तथा गोपनीयताको गराएका छन् । पदभार सम्हाल्दै उपाध्यक्ष कँडेलले ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया