सोमबार, वैशाख २४, २०८१

एनएमबिको डिबेञ्चरमा चार दिनमै मागभन्दा बढी आवेदन

नेपालखोज २०७८ जेठ ६ गते १८:२६


काठमाडौं । एनएमबि बैंकद्वारा खुल्ला गरिएको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऋणपत्र जेठ २ गते, आइतबार देखि बिक्री खुल्ला गरिएकोमा जेठ ५ गते नै अत्याधिक आवेदनको कारणले आवेदनको म्याद सकिएको हो ।

ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म म्याद तोकिएको थियो । हालको विषम परिस्थिति र यस महामारीको प्रभावका वावजुद पनि विश्वास गरेर एनएमबि डिबेञ्चर खरिद गरी सहयोग र सदभाव प्रदान गर्नु भएकोमा सम्पुर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियमनकारी निकायहरु तथा सरोकारवालाहरु सबै प्रति एनएमबि बैंकले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ ।

अन्त्यमा, यथास्थानमै सुरक्षित बसी डिजिटल संरचनाहरुको प्रयोग गर्न , सुरक्षा सम्बन्धि नियम पालना गरी आफु र आफ्नो परिवारलाई यस महामारीबाट सुरक्षित हुने उपायहरु अवलम्बन गर्न समेत बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया