निषेधाज्ञा उल्लंघन गर्ने ४,८५९ वटा सवारी साधन सम्झाइ-बुझाइ छाडियाे

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार ८ सय ५९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर छोड्ने गरिएको छ । तीमध्ये १ हजार ४ सय ९७ वटा गाडी र ३ हजार ३ सय ६२ वटा मोटरसाइकल रहेका छन् ।
साथै नयाँ भेरियन्ट सहितको कोभि-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८ सय ३२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने २ सय ३४ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।
३ हजार ६ सय ७ जनालाई सम्झाइ बुझाइ गरिएको छ । साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १९ हजार ७ सय ९७ जनालाई सचेत गराईएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।
प्रतिक्रिया